काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीमा भएको बस दुर्घटनाका घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्।गृहमन्त्री खाँणले घाइतेको शीघ्र स्वास्थ्योपचारमा ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन। उनले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीलाई टेलिफोन गरी घाइतेलाई भरपर्दो उपचारको व्यवस्था गर्न निर्देशन दिएका हुन्।गृहमन्त्री