दल र दलबाट राजनीति गर्नेलाई सल्लाह र सुझाव दिनुपर्ने व्यक्ति र दबाब समूह नै दलाल छन्, हाम्रो समाजमा । राजनीतिक दलहरू स्वाभाविकरूपमा राष्ट्रिय हुन्छन् र यसका सदस्यहरू समाज, राष्ट्र र राज्यको राजनीतिक हितको पक्षमा लड्ने र रक्षा गर्ने साझा इच्छा तथा आदर्शको आधारमा स्वैच्छाले देश नागरिकहरूको समूहले गठन गर्दछन्।
जहिले पनि सरकार सीमित अविभाज्य (एलिट) को हातबाट जनतामा पुर्याउनु पर्छ भनिन्छ, तर जब प्रत्येक व्यवस्था परिवर्तन हुन्छन्, तब नागरिक सरकारमा पुग्छन् र उनीहरू सम्भ्रान्त समूहमा परिवर्तित हुन्छन्। अनि फेरि सरकार जनताको हातमा जानुप...