कुमारी आमा भनेर चिनिएकी निहारिका राजपुतले आत्मदाह प्रयास गरेकी छिन् । शुक्रवार राष्ट्रपति भवन शितलनिवास अगाडी सडकमा उनले आत्मदाह प्रयास गरेकी हुन् ।पेट्रोल छर्केर आफ्नो शरिरमा आगो लगाउने उनको प्रयासलाई प्रहरीले रोकेका छन् । तत्काल प्रहरी पुगेर उनको प्रयासलाई रोकिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । उनले भने–‘प्रहरी टोलीले उनको प्रयास विफल बनाएको छ ।’प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । उनी आफ्नो २ वर्षीया छोरासहित शितलनिवास पुगेकी थि