क्रिस्टल प्यालेसलाई हराउँदै एभर्टन रेलिगेसनबाट जोगियो

एजेन्सी – क्रिस्टल प्यालेसमाथि रोमाञ्चक पूनरागमन जित निकाल्दै एभर्टन यो सिजनको इंग्लिस प्रिमियर लिगको रेलिगेसनबाट जोगिएको छ । घरेलु मैदानमा पहिलो हाफमै २–० ले पछि परेको स्थिति उल्ट्याएर ३–२ को जित निकाल्दै एभर्टन रेलिगेसनबाट जोगिएको हो । एभर्टनको पूनरागमन जितमा माइकल किन, रिचार्लीसन र डोमिनिक काल्भर्ट लेविनले गोल गरे । क्रिस्टल प्यालेसका जिन फिलिप माटेटा […]