मोरङ – कोरोना संक्रमणबाट प्रदेश १ मा एक महिलाको मृत्यु भएको प्रदेश १ स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सुनसरीस्थित रामधुनी नगरपालिका–७ की एक महिलाको मृत्यु भएको हो। जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंका अनुसार ५७ वर्षीया महिलाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो। हाल सुनसरीमा १८ जना संक्रमित […]