राष्ट्रिय सभामा उत्पत्तिभएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७६ प्रतिनिधिसभा बैठमा टेबल भएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सभामुख अग्निप्रसाद सापकोटाको आग्रहमा शुक्रबारको बैठकमा सो विधेयक टेबुल गर्नुभएको हो ।
यसअघि सो विधेयकबारे राष्ट्रिय सभा बैठकमा छलफल भएको थियो । बैठकमा सांसदहरुले विभिन्न विषयमा आफ्नो धारणा राख्नुभएको छ । संसद बैठकको शुन्य समयमा बोल्नुहुँदै सांसदहरुले देश र जनताको दैनन्दिन समस्या समाधानमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
एमाले सांसद दामोदर भण्डारीले दार्चुला घटनाको लामो समय भैसक्दा समेत जयसिंह धामीको अवस्थाबारे कुनै जानकारी बाहिर नआउनु दुःखद भएको बताउनुभयो । छानविन समितिले घटनाबारे स्थलगत निरिक्षण गरेपनि ठोस प्रतिवेदन ल्याउनमा ढिलाई गरेको उहाँले टिप्पणी गर्नुभयो ।