काठमाण्डाै - दार्चुलामा बाढी/पहिरोपछि थुनिएको महाकाली नदीमा पानी बग्न थालेको छ । शुक्रवार रातिको पानीले महाकाली नदी थुनिएर ताल बनेको थियो ।
हिजो बेलुकादेखि पानी आफैँ बग्न थालेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जानकारी दिनुभयो । त्यहाँ दुहुँ र महाकाली नगरपालिका जोड्ने पक्की पुल बाढीले बगाएको छ । महाकालीका ४० भन्दा धेरै घर जोखिममा परेका छन् । त्यस्तै लास्कु खोलामा आएको बाढीबाट एउटा झोलुङ्गे पुल बगेको छ ।
दुहुँ र व्यास क्षेत्रबाट सदरमुकाम खलङ्गा आउने–जाने बाटो बन्द भएको छ । बाढी/पहिरो...