नेपालस्थित अमेरिकी दूतावासले बुधबार ‘लोकतन्त्र शिखर सम्मेलन’ को पूर्वसन्ध्यामा एक कार्यक्रम आयोजना गर्यो । अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस प्रशासनले अमेरिका र संसारभर लोकतन्त्र नवीकरण गर्नु आवश्यक रहेको भन्दै कार्यक्रम गरेको हो ।