राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पप्रभावित क्षेत्रमा राहत व्यवस्थापन कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बुधबार विहान उहाँसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको भेटवार्तामा उहाँले सो ध्यानाकर्षण गराउनुभएको हो । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भएको भेटका क्रममा उहाँहरुबीच समसामयिक विषयमा समेत छलफल भएको थियो ।