देशको राजधानी काठमाडौं उपत्यकाका १८ वटा स्थानीय पालिका मध्ये सबैभन्दा ठूलो काठमाडौं महानगरपालिका सार्वजनिक वित्तको कुशल व्यवस्थापनमा निकै कमजोर देखिएको छ। हालसम्म चालु आर्थिक वर्षको कुल बजेटको १४ प्रतिशत मात्र खर्च गर्न महानगरले सकेको विवरण प्राप्त भएको छ।वैशाख महिना पालिकाको निर्वाचनमै केन्द्रित भएकाले विकास बजेट खर्च हुन सकेन। महानगरद्वारा सार्वजनिक तथ्यांकमा ९ महिनाको खर्चको अवस्था १४ दशमलव १ प्रतिशत मात्र रहेको स्पष्ट हुन्छ।महानगरमा नव निर्वाचित मेयर बालेन्द्र शाहले चालु आर्थिक वर्षको बाँकी