प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा सोमबार सिंहदरबारमा संवैधानिक परिषद्को बैठक बसिरहेको छ । बैठकमा प्रधानमन्त्रीसहित सभामुख देवराज घिमिरे‚ प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली‚ राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र उपसभामुख इन्दिरा राना सहभागी भएका छन् ।