काठमाडौँ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले तीन बुँदे सहमतिको पालना नगरे हातमा दही जमाएर नबस्ने चेतावनी दिएको छ। ललितपुर जिल्ला अदालतले पार्टी महासचिव विप्लव र पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई पक्राउ पुर्जी जारी गरेपछि विप्लवले सो चेतावनी दिएको हो।