धनगढी : सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार संकटमा परेको छ। माओवादी केन्द्र नेतृत्वले गरेको सुदूरपश्चिम सरकार एमाले अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालबीचको सहमतिले संकटमा परेको हो।नेताद्वय केपी ओली र माधव नेपालबीचको सहमतिले सुदूरपश्चिममा नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने बलियो सम्भावना देखिएको छ।५२ जना सदस्य रहेको प्रदेशसभामा एमालेका मात्रै २५ जना सांसद छन्। माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी (जसपा)का २ जना सांस