सरकारले प्रस्तावित मनमोहन मेडिकल कलेज शिक्षण अस्पतालको बेसिक साइन्सका लागि तयार पार्न लागिएका भवनमा कोभिड–१९ केयर युनिटमा अक्सिजन प्लान्ट, आइसियू र अन्य आवश्यक व्यवस्थापन गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आज चन्द्रागिरि नगरपालिकास्थित दहचोकमा रहेको सो कलेजको भवनको आज स्थलगत अनुगमन गर्दै कोरोना नियन्त्रणका लागि विभिन्न संरचनालाई प्रयोग गर्ने क्रममा ३०० श्ययाको सरुवा रोग अस्पतालका रुपमा भवनलाई अगाडि बढाउन लागेको जानकारी दिनुभयो । निरीक्षण अनुगमनमा उहाँसँगै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो ।