काठमाडौँ । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १७ जना सहकारी ठगी मुद्दामा दोषी ठहर भएका छन्। जिल्ला अदालत, काठमाडौँका न्यायाधीश कृतबहादुर बोहराको इजलासले ठगीसम्बन्धी कसुरमा तामाङलाई दोषी ठहर गरेको हो। यससँगै अदालतले सजाय निर्धारणका लागि भदौ २५ गतेलाई पेसी तोकेको छ। प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, […]