एनआईसी एशिया बैंकका ग्राहकलाई बीएमडब्लु खरिदमा विशेष सुविधा

काठमाडौँ। एनआईसी एशिया बैंकका ग्राहकले बीएमडब्लु ब्रान्डका सवारीसाधन खरिद गर्दा सहुलियतपूर्ण ब्याजदर तथा विभिन्न विशेष सुविधा पाउने भएका छन्। यसका लागि एनआईसी एशिया बैंक र काठमाडौंस्थित लक्ष्मी प्रिमियम मोटर्स प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा बैंकका चिफ बिजनेस अफिसर (रिटेल बिजनेस) अमित केसी र लक्ष्मी प्रिमियम मोटर्सका डिलर सेल्स प्रमुख प्रबोध श्रेष्ठले हस्ताक्षर गरेका छन्। […]