राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज शनिबार दिउँसो ३ बजे बस्दैछ। स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्य मनोनयनलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा काठमाडौँको वनस्थलीस्थित केन्द्रीय कार्यालय घन्टीघरमा बैठक बस्ने तय भएको छ। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा स्थानीय निर्वाचनको उम्मेदवार छनोटसँग सम्बन्धित समितिका […]