स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

काठमाडौं– सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन गर्ने तथा दिगो विकास लक्ष्य हासिल गर्न स्वच्छ ऊर्जा प्रविधिहरूको विकासमा जोड दिइएको छ ।  जर्मन विकास नियोग (जिआइजेड)द्वारा शुक्रबार आयोजित ‘नेपालको स्वच्छ ऊर्जा भविष्य, दिगो ऊर्जा चुनौती कोषको उपलब्धि र अवसर’ विषयक छलफल कार्यक्रममा वक्ताहरूले स्वच्छ ऊर्जाको पहुँच विस्तारसँगै बजार निर्देशित समाधानमार्फत ऊर्जा रूपान्तरणमा जानुपर्नेमा जोड दिएका हुन् […]