तिहार अर्थात् यमपञ्चकको पाँचै दिन फूलको विशेष महत्व हुन्छ।
काग तिहारदेखि भाइटीकासम्म गरिने विभिन्न पूजामा फूल र माला अनिवार्य जस्तै हुन्छ। यसै कारण तिहारको समयमा फूलको माग अत्यधिक बढ्छ।
मखमली, सयपत्री, गोदावरी लगायतका फूल र माला बजारमा बिक्री हुन्छन्।
यो पर्व लक्षित गर्दै किसानहरूले पनि मौसमी फूल खेती गर्छन्। यसबाट उनीहरूले राम्रो आम्दानी पनि...