स्वास्थ्यमन्त्रीका योजना कुस्त, प्रगति सुस्त

सरकारी स्वास्थ्य सेवामा तीन दशकभन्दा बढी समय बिताएर प्रशासनिक नेतृत्वसमेत सम्हालेकी डा. सुधा शर्मा गौतम अहिले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारीमा छिन्। ९ कात्तिक २०८२ मा स्वास्थ्यमन्त्रीको पदभार ग्रहण गर्दै उनले भनेकी थिइन्, “स्वास्थ्य क्षेत्रलाई स्वच्छ र प्रभावकारी बनाउनेछु।” हुन पनि, स्वास्थ्यसचिव हुँदाको अनुभवका कारण पनि उनलाई मन्त्रीका रूपमा नीतिगत सुधारका काम गर्ने ठूलो अवसर छ। […]