संसदमा रवि लामिछानेः जलवायु न्यायका लागि सत्ता र प्रतिपक्षको घेरा तोडेर एकढिक्का बन्न आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भोटेकोशी विपत्तिलाई जलवायु अन्यायसँग जोड्दै सत्ता र प्रतिपक्षको परम्परागत सोचभन्दा माथि उठेर विश्व समुदायसँग जलवायु न्याय माग्न राष्ट्रिय रूपमा एकढिक्का हुनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै लामिछानेले भोटेकोशी विपत्तिका बेला देश एक भएको उल्लेख गर्दै जलवायु सङ्कटको असमान भार नेपालजस्ता मुलुकका नागरिकले बेहोर्नुपरेको बताए। उनले विपत्तिमा ज्यान गुमाएकालाई […]