आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३ रनको लक्ष्य दिएको छ। नयाँ चण्डीगढस्थित महाराजा यादवेन्द्र सिंह स्टेडियममा भएको खेलमा राजस्थानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। पञ्जाब किंग्सले २० ओभरमा ४ विकेट गुमाउँदै २२३ रन बनायो। टोलीका लागि मार्कस स्टोइनिसले ६२ रनको उत्कृष्ट इनिङ्स खेले भने ओपनर प्रभसिमरन सिंहले ५९ […]