रास्वपा सांसद विपिन आचार्यले सुरु गरेकाे ‘विधेयक प्रयोगशाला’ के हाे ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री तथा दाङ क्षेत्र नं. २ बाट निर्वाचित सांसद विपिनकुमार आचार्यले संसदमा प्रस्तुत हुने विधेयकहरूमाथि नागरिक, विषय विज्ञ र सरोकारवालाको प्रत्यक्ष सुझाव संकलन गर्ने उद्देश्यले ‘विधेयक प्रयोगशाला’ (Bill Lab) सुरु गरेका  छन् ।