वरिष्ठ नृत्य निर्देशक थापा र वरिष्ठ नाट्यकर्मी शर्मालाई सम्मान

काठमाडौँ। बाल नाट्य संस्था छुनुमुनुले वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा र वरिष्ठ नाट्यकर्मी हरिहर शर्मालाई सम्मान गरेको छ। छुनुमुनुमा एकवर्षे नाट्य कक्षा पूरा गरेका बालबालिकाको दीक्षान्त समारोहको अवसर पारेर आयोजित कार्यक्रममा थापा र शर्मालाई जनही नगद ११ हजार १११ रुपैयाँ ताम्रपत्र दोसल्ला र भादगाउँले टोपीलगाएर सम्मान गरिएको हो। सम्मान कार्यक्रममा छुनुमुनुका अध्यक्ष युवा रङ्गकर्मी राजन […]