काठमाडौँ- यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स तयार पारिदिने भन्दै घुस लिएको आरोपमा अख्तियारले २७ जनाको मोबाइल नियन्त्रणमा लिएको हो । यातायात कार्यालय, चाबहिलका प्रमुख पेशकुमार पोखरेलसहित १७ जना कर्मचारीको २४ वटा मोबाइल अख्तियारले नियन्त्रणमा लिएको बताएको छ । त्यस्तै, उपत्यका ट्राफिक […]