मोदी सरकारलाई विदेश नीतिको क्षेत्रमा कैयौ चुनौतीको सामना गर्नु परेको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार फेरी धम्की दिँदै भनेका छन्,“भारत लामो समयदेखि एक क्षेत्रमा भन्सार शुल्क बढाउदै छ , जुन अस्वीकार्य हो ।” यो धम्कीको माध्यमबाट अमेरिका नयाँ दिल्लीमा भारत र अमेरिकाबीच हुने आधिकारिक वार्ता भन्दा पहिले दबाब बनाउन चाहेको संकेत दिएको छ ।
भारत र अमेरिका दुवै एक अर्कालाई रणनीतिक साझेदार भएको दावी गर्दै आएका छन् । तर पछिल्ला दुई दसकको अवधिमा दुई देशबीचको विवाद कैयौ गुणाले वृद्धि भएको छ ।