चीनले अनुदानमा दिएको ९ लाख डोज खोप आज नेपाल आइपुग्ने

छिमेकी देश चीनले अनुदानमा दिएको ९ लाख डोज खोप मंगलबार नेपाल आइपुग्ने भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले केही दिनअघि नेपाललाई १० लाख खोप अनुदानमा दिने घोषणा गरेअनुसार मंगलार सो खोप नेपाल आउन लागेको हो।   बेइजिङबाट ८ लाख डोज खोप नेपाल एयरलाइन्सको जहाजले र कुन्मिङबाट एक लाख डोज हिमालय एयरलाइन्सले ल्याउनेछ ।  चिनियाँ साइनोफार्मले उत्पादन गरेको भेरोसेल खोप नेपाल ल्याइन लागेको हो ।