सेयर लगानीकर्ताहरुलाई सहजता प्रदान गर्न स्मार्ट कारोबार मोबाइल एप

सेयर लगानीकर्ताहरुलाई सहजताका साथ प्राविधिक विश्लेषणको सुविधा प्रदान गर्दै स्मार्ट कारोबार मोबाइल एप सञ्चालनमा आएको छ । होम सर्भिस ट्रेड लिंक प्रालिले डेभलप गरेको एप यस अघि अनौपचारिक रुपमा सञ्चालनमा आए पनि अहिले ‘फुल भर्सन’ लञ्च भएको हो । एक वर्ष अगाडि नै स्मार्ट कारोबारको ‘बेटा भर्सन’ सार्वजनिक भए पनि तथ्यपरक तथ्यांक उपलब्ध गराउने प्रणालीको विकासमा समय लागेका कारण स्मार्ट कारोबारको अपडेटेड भर्सन लन्च हुन सकेको थिएन । सबै प्राविधिक कमी कमजोरीहरुलाई सुधार गरेपछि होम स