काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित ४ जनप्रतिनिधिलाई निलम्बन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहलाई पत्र पठाएको हो।भ्रष्टाचारको कसुरमा आयोगबाट विशेष अदालतमा आरोपपत्र दर्ता भई मुद्दा विचाराधीन अवस्थामा रहेका र कसुर ठहर भएका व्यक्ति निर्वाचित भएकालाई निलम्बन गर्न भनिएको आयोगका सह-प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए।उनका अनुसार कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय, सोही