काठमाडौं– माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी जीवनमा गम्भीर समस्या देखिएको बताएका छन्। माओवादीको आठौं महाधिवेशनको बन्दसत्रपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै श्रेष्ठले पार्टी जीवनमा गम्भीर समस्या देखिएको र महाधिवेशनपछि क्रान्तिको नेतृत्व गर्ने बताए। ‘पार्टी जीवनमा गम्भीर समस्या छन्। व्यक्तिवाद, गुटवाद र आर्थिक स्पष्टीकरण जस्ता समस्या देखिएको छ। अराजकता, सांस्कृतिक विचलन देखापरेको छ। वैचारिक र […]