सरकारले अनुदान नदिएपछि कम्पनीले रोके कृषि बिमा भुक्तानी

राज्यको नीतिअनुसार सरकारले दिनुपर्ने बिमा शुल्कबापतको अनुदान रकम नपाएपछि बिमा कम्पनीले कृषि बिमा गर्न र दाबी भुक्तानी रोकेका छन् । कम्पनीले कृषि बिमा र दाबी भुक्तानी रोक्दा एकातिर किसानले पशुपन्छी तथा कृषि उपजको बिमा गर्न पाएका छैनन् भने अर्कोतिर दाबी भुक्तानी पाउनबाट पनि वञ्चित छन् । पटकपटक ताकेता गर्दा पनि सरकारबाट रकम नपाएपछि आफूहरूले दाबी भुक्तानी रोकेको एक बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए ।