निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षलाई केन्द्रीय पदाधिकारीको हस्ताक्षर बुझाउन एक साताको समय दिएको छ। जसपामा सरकारको समर्थनमा रहेको ठाकुर पक्ष र सरकारको विपक्षमा रहेको उपेन्द्र यादवपक्षले एक अर्कालाई कारबाही गर्दै आधिकारीकतामा विवाद देखिएका बेला ठाकुर पक्षको मागबमोजिम एक साताको समय दिइएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने नगर्ने विषयमा जसपाभित्र बढेको विवादमा जेठ १८ गते अध्यक्ष यादवले ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ