पशुपति क्षेत्र वरपर यसरी हुँदैछ ट्राफिक व्यवस्थापन

काठमाण्डौ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले भोलि मङ्गलवार परेको महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको क्षेत्रमा ट्राफिक व्यवस्थापन मिलाएको छ । पशुपति क्षेत्रमा पूजाआजामा आउने भक्तजन एवम् दर्शनार्थीको भिडलाई मध्यनजर गरी महाशाखाले सहज आवतजावतको प्रबन्ध मिलाएको हो ।  यस्तै विभिन्न नाका भइ भित्रिने भक्तजनका लागि छुट्टा–छुट्टै ठाउँमा पार्किङको प्रबन्धसमेत मिलाइएको महाशाखाले जनाएको छ । धेरै टाढाबाट भक्तजन आउने हुनाले उनीहरूको सुविधाका लागि निजी तथा अन्य प्रकारका यातायातका साधनलाई निर्वाध आवतजावतको व्य...