रामेछाप बस दुर्घटनाले मर्माहत बनायो : प्रचण्ड

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार रामेछापमा भएको बस दुर्घटनामा परी १३ जनाको निधन भएको खबरले आफूलाई मर्माहत बनाएको बताएका छन्। आज एक वक्तव्य जारी गर्दै अध्यक्ष प्रचण्डले उक्त दुर्घटनामा परी ज्यान गुमाउनुहुनेप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका […]