सुर्खेत विमानस्थल विस्तारमा अवरोध कायमै, एक अर्ब बजेट फ्रिज

कर्णाली प्रदेश सरकारले ०७७ सालको मंसिर अन्तिम साता सुर्खेत विमानस्थललाई ‘एप्रोच लाइट’ सुविधायुक्त विमानस्थलका रूपमा विकास गर्न दीर्घकालीन सोचसहित काम अघि बढाउने निर्णय गरेको थियो । तर उक्त निर्णय अहिलेसम्म कागजमै सीमित देखिएको छ ।झण्डै २ अर्ब बराबर रकम लाग्ने अनुमान गरिएको विमानस्थल विस्तार र स्तरोन्नति अन्तर्गत पहिलो चरणमा प्रदेश सरकारले ५० करोड र केन्द्र सरकारले ५१ करोड बजेट छुट्याए । ‘प्रदेश गौरव’ को आयोजनाको रुपमा लिइएको विमानस्थल विस्तारको निर्णयप्रति प्रदेशवासीले गौ