दार्चुलाका ३६ हजार ७७९ नागरिकले कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । गत वर्षको माघ १४ गतेबाट दार्चुलाका ९ वटै स्थानीय तहमा खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुलामा हालसम्म कोभिसिल्ड खोपको पहिलो मात्रा १७ हजार ३१५ जनाले पाएका छन् । यस्तै भेरोसेल खोपको पहिलो मात्रा १४ हजार ५२५ जनाले पाएका छन् । भेरोसिलको दोस्रो मात्रा दुई हजार ३५१ जना, कोभिसिल्डको दोस्रो मात्रा दुई हजार ६७९ जनाले र जोन्सन एण्ड जोन्सन खोप चार हजार ९३९ जनाले लगाएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनुभयो । दार्चुलामा हालसम्म ३० प्रतिशत नागरिकलाई कोरोना विरुद्धको खोप लगाइएको उहाँले बताउनुभयो ।