कर्मचारी सञ्चय कोष शाखा कार्यालय धनगढीले आर्थिक वर्ष २०७७/०७८ मा २४१ सञ्चयकर्तालाई झण्डै रु ३५ करोड ८० लाख घर कर्जा प्रवाह गरेको छ । घर कर्जा अन्तर्गत सञ्चयकर्ताको घर निर्माण तथा मर्मतका लागि यो कर्जा प्रवाह गरिएको कार्यालयले जनाएको छ । यो कर्जा अन्तर्गत घर निर्माणका लागि २१५ सञ्चयकर्तालाई रु ३२ करोड ६६ लाख प्रवाह गरेको छ भने घर मर्मत सापटीतर्फ २६ सञ्चयकर्तालाई रु तीन करोड १३ लाख ८५ हजार प्रदान गरिएको हो । धनगढी शाखाका प्रमुख राजेन्द्रविक्रम केसीले सञ्चयकर्ताको आवास व्यवस्था गर्नमा सहयोग प