विभिन्न जातजातिको संस्कृतिको अध्ययन केन्द्र ‘तनहुँ सङ्ग्रहालय’

दमौली– तनहुँमा बसोबास गर्ने विभिन्न जातजातिका संस्कृति, रीतिरिवाज अध्ययन गर्ने केन्द्र बनाउन तनहुँ सङ्ग्रहालय स्थापना गरिएको छ । नेपाल क्षेत्री समाज तनहुँको सक्रियतामा व्यास नगरपालिका–१ करङकाठस्थित समाजको भवनमा तनहुँ सङ्ग्रहालय स्थापना गरिएको हो ।  सङ्ग्रहालयमा तनहुँमा रहेका जातजातिका पहिरन, उनीहरूले प्रयोग गर्ने सामग्री राखिने सङ्ग्रहालय संयोजक देवीबहादुर बस्नेतले जानकारी दिए । तनहुँमा प्रमुख १६ जाति […]