माटोले घर लिपपोत गरी संस्कृति जोगाउन गाउँपालिकाको अनुरोध

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले तिहारमा माटोले घर लिपपोत गरी परम्परागत संस्कृतिलाई जोगाउन स्थानीयलाई अनुरोध गरेको छ ।  गाउँसभाबाटै खानीखोलाका बासिन्दाले दिपावलीका अवसरमा एकरूपता आउने प्रकारका रङका माटोले लिपपोत गर्ने निर्णयसमेत भएको थियो । परम्परागत संस्कृतिलाई पुनर्जीवित गर्ने उद्देश्यले गत असारमा सम्पन्न गाउँसभाले उक्त निर्णय गरेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । उनीद्वारा जारी सार्वजनिक अपिलमा […]