बुद्ध एयरका मालिक बस्नेतको पार्टी दर्ता प्रक्रियामा, अध्यक्षमा दिनेशराज प्रसाईं प्रस्ताव

बुद्ध एयरका मालिक तथा व्यवसायी वीरेन्द्रबहादुर बस्नेतले नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश गरेका छन्। उनले ‘गतिशील लोकतान्त्रिक पार्टी’ नामक दल दर्ताका लागि बुधबार आयोगमा निवेदन दर्ता गराएका हुन्। बस्नेतको पहलमा गठन गरिएको उक्त दलको अध्यक्षमा समाजशास्त्री दिनेशराज प्रसाईंलाई प्रस्ताव गरिएको छ। पार्टीमा उपाध्यक्षको पद भने रिक्त राखिएको छ। पार्टीको संरचनामा पाँच […]