गण्डकी प्रदेशमा थप ४७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका मनाङ र मुस्ताङ बाहेका ९ जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको नमूना परिक्षणमा ४७३ जनामा कारोना संक्रमण देखिएको हो । सोमबार प्रदेशमा कोरोना संक्रमितको संख्या बढेर ८४० पुगेकामा मंगलबार थप ३६७ जना संक्रमित घटेर जम्मा ४७३ मात्र संक्रमित थपिएका छन् । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार १११ जनामा गरिएको नमुना परीक्षण २४२ पुरुष र २३१ जना महिलामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले ज