प्रचण्डसँगको गठबन्धनबारे ओली– साँचो डिभोर्सका लागि नक्कली विहे हुँदैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अवस्थामा नेकपा माओवादी केन्द्रसँग गठबन्धन हुन नसक्ने संकेत गरेका छन् । सोमबार काठमाडौंमा सम्पादकहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूले चाहेको भए पहिले नै यो गठबन्धन भत्काउन सकिने बताए । “जस्तो पनि गठबन्धन बनाए हुन्छ भनेको भए यो गठबन्धन टुटिसक्थ्यो,”...