सत्ता समीकरणमा अचानक आएको फेरबदलसँगै मुलुकको राजनीतिक कोर्ष आइतबारबाट फरक ढंगले अघि बढ्न सुरु भएको छ । प्रधानमन्त्रीको च्याप्टर क्लोज भएसँगै अब भावी राष्ट्रपतिबारे चर्चा सुरु भएको छ ।आइतबार बिहानसम्म कांग्रेस नेतृत्वको गठबन्धनले सरकार बनाउने चर्चाका बीच बालुवाटारमा कांग्रेस नेताहरुको असहिष्णु व्यवहार र सहमतिप्रति इमान्दारिता नदेखाउँदा स्थितिले फरक मोड लिन पुगेको हो । यसले मुखमा आएको सत्ता कांग्रेसबाट फुत्केर वाम गठबन्धनको हातमा पुग्नुका साथै झन्डै २ वर्ष अघिको समीकरणमा उथलपुथल आएको छ । बाल