काठमाडौँ,२६ असार । कर्णाली प्रदेशसभाका सदस्य वीरबहादुर शाहीले प्रदेश सरकारले हिमाली जिल्लाहरूमा दोब्बर बजेट थप्न माग गरेका छन् । कर्णाली प्रदेशसभाको १०औँ अधिवेशनको २०औँ बैठकमा शनिबार भएको मन्त्रालयगत शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले डोल्पा, हुम्ला, मुगुलगायतका हिमाली जिल्लाको पूर्वाधार विकासमा दोब्बर बजेट थप्न प्रदेशसरकारको ध्यानाकर्षण गराए । “हुम्लामा र डोल्पामा विकास सामग्री हवाईजहाजबाट ढुवानी गर्नुपर्छ”, […]