परीक्षा रोक्ने ‘छापामार शैली’ को निर्णयले विद्यार्थीमा अन्योल

काठमाडौं । अघिल्लो सातामात्रै मन्त्रिपरिषद बैठकबाट परीक्षाहरु नरोक्ने निर्णय गरेको सरकारले आइतबार ‘छापामार शैली’ मा रातारात सबै परीक्षाहरु स्थगित गर्ने निर्णय सुनाएपछि विद्यार्थीहरु अन्योलमा परेका छन् । कलेजहरु पनि सोमबारको परीक्षा रोक्ने कि गराउने भन्ने दोधारमा परेका छन् ।आइतबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले देशभरिका परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो । सरकारले यो निर्णयको औपचारिक जानकारी आइतबार राति १० बजे