परराष्ट्र सचिव लम्साल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

परराष्ट्र सचिव सेवा लम्सालले भारतका विदेशमन्त्री एस. जयशंकरसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । बिहीबार नयाँ दिल्लीमा दोस्रो बिमस्टेक विदेश मन्त्रीहरूको रिट्रीटमा सहभागी हुने क्रममा परराष्ट्र सचिव लम्साल र भारतका विदेशमन्त्री जयशंकरबीच शिष्टाचार भेटवार्ता भएको हो ।