बिमा कम्पनीहरूले कृषि बिमालेख बिक्री पुन: सुरु गरेका छन् । सरकारले कृषि बिमा अनुदानवापत् करिब ३ अर्ब भुक्तानी नदिएको भन्दै कम्पनीहरुले गत जेठ ७ गतेदेखि यो बिमालेख बिक्री रोकेका थिए । अहिले सरकारले बक्याैता रकम चरणबद्ध रुपमा भुक्तानी दिने प्रतिबद्धता गरेपछि बिमालेख बिक्री सुरु गरेका हुन् ।