पहिरोका कारण अवरुद्ध कान्तिलोकपथ सुचारु

मकवानपुर, भदौ ७। पहिरोका कारण अवरुद्ध हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा आएको छ । कान्तिलोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडामा गए राति पहिरो जाँदा अवरुद्ध बनेको सडक पहिरो पन्छाएसँगै अहिले सञ्चालनमा आएको मकवानपुर प्रहरीले जनाएको छ । बिहीबार देखि परेको अविरल वर्षा सँगै ललितपुरको भट्टेडाँडा काल्चे लगायतको स्थानमा सडक माथिबाट चट्टान सहितको पहिरो खसेको कारण सडक अवरुद्ध बनेको थियो […]