प्रम देउवाद्वारा महाकालीले कटान गरेको ‘भाइरल रोड’ को निरीक्षण

धनगढी – दुई दिनदेखि सुदूर पश्चिमको बाढीपहिरोबाट भएको क्षतिको स्थलगत निरीक्षणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले महाकाली नदीको निर्माणाधीन पुल जोड्ने पहुँचमार्गअन्तर्गत निर्माण भएको कालोपत्रे सडकको निरीक्षण गरेका छन्। ‘भाइरल रोड’ ले परिचित उक्त सडक महाकालीमा आएको बाढीले भत्काएपछि शुक्रबार प्रधानमन्त्री देउवाले निरीक्षण गरेका हुन्। धनगढीबाट भाइरल रोडमै बनाइएको हेलिप्याडमा उत्रिएका प्रधानमन्त्री देउवाले राहतका कार्यक्रम ल्याइने […]