डेंगु संक्रमण बढ्दो क्रममा देखिएको छ । हालसम्म डेंगुका बिरामी ७२ जिल्लामा देखिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपलब्ध गराएको भदौ १७ गतेसम्मको तथ्यांकअनुसार पुषदेखि हालसम्म ४ हजार १०४ जनामा डेंगु पुष्टि भएको छ । त्यसैगरी १ जनाको मृत्यु भएको छ ।